नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्नुहुँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । बैठकमा सहभागी रहनुभएका नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार यस्तो महामारीकाबेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउनुहुँदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिनुभयो । जनताको जिउधनको रक्षा गर्नु अहिले सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम

नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ ।

अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । हिजो बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उहाँले त्यस्तो गरेको फेला ...