बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५६ वर्षीया रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार पक्राउ परेका दम्पती ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलिया) हुन् । उनीहरु उक्त जग्गा किनबेचको सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको प्रहरीको भनाई छ ।उनीहरुविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको छ ।