सल्यान : पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि किसान कोदो खेतीप्रति आकर्षित भएका छन्।कोदोको परिकारप्रति बजारवासी र पर्यटकको आकर्षण बढ्न थालेपछि किसानले कोदोबाट राम्रो मूल्य पाउन थालेका छन्।पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ।विशेषगरी वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ।विस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दि