वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा

पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार  सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए । कहिले सरकारमा भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवाफ दिने कठघरामा उनी थिए । तर, प्रधानन्यायाधीश र बारबीच अघोषित सम्झौतामा बैठक टुङ्गियो । पेसी तोक्ने सम्बन्धमा प्रधानन्यायाधीश जबरा स्वेच्छाचारी बनेको र अदालतमा सेटिङ चलेको भन्दै न्यायालय सुधारका लागि पहल थाल्न दबाबस्वरुप बारको टोली