पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तरर्गत रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको बीचमा रहेको भेरी नदीमा बेलिब्रिज पुल बनाउन सर्भे डिजाइनका कामहरु सुरु भएको छ । भेरी नदीको तीन ठाउँमा सर्भे काम भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले बताए । भेरी नगरपालिकाको–११ र १३ मा गरी तीन ठाउँमा सर्भेको काम भएको उनले बताए । […]