पाकिस्तानमा बसेर इरानमा आतंकवादी आक्रमण भइरहेपछि आक्रोशित इरानी सेनाले पाकिस्तानी सीमामा प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्दै आफ्ना दुई सैनिक थुनामुक्त गराएको छ ।
इरानको रिभोल्युसनरी गार्ड्सले पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश अल–अदलको अड्डामा आक्रमण गरेर लगभग साढे दुई वर्षदेखि थुनामा राखिएका जवानहरूलाई मुक्त गरेको हो ।
जैश उल–अदल कट्टरपन्थी वहाबी आतंकवादी गुट हो र त्यो दक्षिणपश्चिम पाकिस्तानमा इरान सीमामा सक्रिय छ ।
इरानको फार्स न्युज एजेन्सीका अनुसार, जैशले फेब्रुअरी २०१९ ...