सीपीसी विदेश विभाग प्रमुख र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा नेताहरूको भेट भएको हो । छलफलमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत रहेका छन् ।चार दिने नेपाल भ्रमणमा रहेका नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरिसकेका छन् ।