गण्डकीमा मन्त्रालय भागबण्डको किचलोले विकासे काम लथालिंग

गोरखा : मन्त्रालय भागबण्डामा किचलो भएकै कारण मन्त्रिपरिषदले पूर्णता नपाउँदा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेका विकासका काममा प्रत्यक्ष असर पर्न थालेको छ।सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा टुंगो नलाग्दा बहुवर्षीय योजनाका सम्पन्न भएका कामको भुक्तानी गर्न समस्या हुन थालेको हो।मन्त्रालयले समयमा नै रकम नपठाउँदा सम्पन्न भएका योजनाका भुक्तानीमा समस्या भएको भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारी बताउँछन्।  अधिकारी भन्छन्, ‘निर्माण कम्पनीहरूले गरेका कामको