प्युठान नगरपालिका–२, खैराका ४६ वर्षीय भोजबहादुर बस्नेतले जागिर छाडेर माछापालन व्यवसाय सुरु गर्नुभएको छ । बुटवल पावर कम्पनी दारिमचौरमा अधिकृत स्तरको अर्धसरकारी जागिर छोडेर उहाँ माछापालनमा लाग्नुभएको हो।
बस्नेतले १ करोड १० लाख रुपियाँ लगानीमा ५६ रोपनी जग्गा भाडामा लिएर एक वर्षदेखि माछापालन थालेको बताउनुभयो। ’जागिरभन्दा व्यवसाय नै राम्रो लागेर आफ्नै ठाउँमा माछा पाल्न थालेको हुँ।’ उहाँले भन्नुभयो।