ऐतिहासिक हापुरे बजार व्यवस्थित गर्न डीपीआर हुने

देउखुरी। दाङको ऐतिहासिक हापुरे बजारको बस्ती विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार ऐतिहासिक रहेकाले त्यहाँको व्यवस्थित शहरीकरण आवश्यक रहेको बताए । त्यसका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ। हापुरेमा शान्ति वार्ता समेत भएको हो । […]