रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।उनले भने, 'हाम्रो प्रहरीमाथि भित्रबाट आक्रमण हुँदा डीएसपी पौडेल र उनका बडीगार्ड घाइते भएका छन् । अहिले दुबैको अवस्था सामान्य छ ।' बाल सुधार गृहमा रहेका १८ वर्ष मुनिका किशोरहरूले भित्रबाट ताला लगा