हिमालय एयरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं÷ढाका÷काठमाडौंको सीधा उडान साउन ६ गतेदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एयरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारोबडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने भन्दै व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुहरूका लागि नया“ उडान तालिका सार्वजनिक गरिएको जनाएको छ ।