काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा माधव नेपाललगायतका नेताहरुको पछिल्लो भूमिकाका विषयमा छलफल जारी रहेको एमालेका एक नेताले बताए। बैठकमा स्पष्टीकरण सोधिएको विषय र कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि कारबाही गर्ने विषयमा छलफल भइरहेको छ। आजै कारबाही गर्ने वा के गर्ने भन्नेबारे टुंगो लाग्ने ती नेताले देखापढीलाई बताए।