काठमाण्डाै - सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् । नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।
जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले रकम नदिएको भन्दै किसानले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।
आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भने भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसा...