कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् ।सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् । उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स पनि फसेको छ । यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका मार्मा लेकम मालिकार्जुन शैल्यशिखर नगर पालिकाका ५ सय जना या