पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुँदै

सुर्खेत : पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ।महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ।अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटन सत्र पुस ८ गते बिहान ९ बजे हुनेछ भने त्यसअघि