कथा : सँगै हुन नलेखिएका दुई पात्र

मध्यमवर्गीय परिवार, गाउँले परिवेशमा जन्म भएको एक पात्र हो हर्के । पढाइमा सानैदेखि मेहनती, असल, लज्जालु साथै झट्ट रिसाउने स्वभावको । आज, भोलि, पर्सि गर्दै समयको लहरसँगै गाउँको एक स्कुलबाट राम्रो नतिजाको साथमा एसएलसी पास भयो ।एसएलसी पास भएसँगै स्कुले जीवनलाई बिदा गर्दै गाउँघरलाई छोडी शहरको राम्रो क्याम्पस र राम्रो विषय पढ्न त सपना मात्रै थियो । खुसीको साथ सँगै हर्केको मनमा ज्वालामुखीरुपी आगो लागिरहेको थियो । किनकि, थपिँदै गएको काँधको जिम्मेवारी, अनि बाबुआमालाई एक्लै छोडी शहर पस्नुपर्ने बाध्यता । उ