भारतको मध्य प्रदेशको श्योपुरमा एक १० वर्षीय बालकलाई गोहीले निलेको छ। सोमबार बिहान चम्बल नदीमा नुहाउन गएका बालकलाई गोहीले आक्रमण गरेको हो। घटनास्थलमा उपस्थित स्थानीयले तत्कालै उनको परिवार र आफन्तलाई बोलाएर लाठी,डोरी र जालको सहायताले गोहीलाई पक्रेका थिए। त्यसलगत्तै एलिगेटर विभागका अधिकारीहरू घटनास्थलमा पुगेर गोहीलाई गाउँलेको जालबाट मुक्त गराएका थिए।