आईपीएल क्रिकेटः आज पञ्जाव र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किङ्स भिड्दै छन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखी सुरु हुनेछ। आईपीएलको ६ मध्ये ५ जित र १ खेल हारेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ। ६ खेलमध्ये २ जित र ४ खेल हारेको पञ्जाव ४ अंकसहित छैटौं स्थानमा छ।