काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२० डलरमा कारोबार हुँदैछ ।
काठमाडौ । नेपाली बजारमा मंगलवार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस १ हजार ९२७ डलर पुगेको छ ।
काठमाडौं । शुक्रवार हालसम्मकै उच्च मूल्य कायम गरेको सुन आइतवार भने घटेको छ । आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात शुक्रवार सुन १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३५ रुपैयाँ कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले मूल्य बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ तोकिएको छ ।हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रूपैयाँ थियो ।
काठमाडौं, २१ पुस । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ […]