जनकपुर बम काण्ड: चर्को पर्ने देखियो भन्दै न्यायाधीशले उल्ट्याइदिए जन्मकैद, छुट्लान् सञ्जय साह ?

जनकपुर बम काण्डमा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री तथा सांसद सञ्जयकुमार साहको सजायलाई उच्च अदालत जनकपुरले घटाइदिएको छ । उच्च अदालतका न्यायाधीशहरूलाई साहमाथि तोकिएको जन्मकैदको सजाय चर्को हुने, न्यायोचित नहुने भन्दै चित्त नबुझेपछि जन्मकैदको सजाय घटाइएको हो ।   सोही मुद्दाका अन्य प्रतिवादीहरूको हकमा शुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गरिएको भएपनि सञ्जय साहको हकमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग दुवै मुद्दाअन्तर्गत शुरूको जिल्ला अदालतले गरेको फैसलालाई बदर गर्दै उच्च अदालत जनकपुरले सजाय कम गरिदिएको हो । ...