कोभिशिल्ड खोप लगाउनेलाई भोलिबाट दोस्रो डोज खोप दिइँदै
काठमाडौँ । सरकारले भोलि (सोमबार)देखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको हो ।