भोजपुर : साल्पासिलिछो गाउँपालिका-२ जिमिगाउँका एकै परिवारका मानसिक रोगी दुई युवालाई लामो समयदेखि खोरमा थुनेर राखिएको छ। कमजोर आर्थिक अवस्थाका उपचार गर्न नसकेपछि परिवारले उनीहरूलाई काठको खोर बनाएर थुनेर राखेको हो।उपचार गर्न नसकेपछि कान्छा छोरा ३३ वर्षीय डेगराज चौहान सात वर्षदेखि र जेठो छोरा ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि खोरमा थुरेर राख्नु परेको बुवा छत्रबहादुर चौहानले बताए। उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्