आजदेखि उपत्यकाको निषेधाज्ञामा कडाइ, उल्लंघन गरे एक वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आज (शुक्रबार)देखि थप कडाइ गरिएको छ । गत मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ […]