स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए । दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

सम्बन्धित सामग्री

स्कुटरसहित भीरबाट खसेकी शिक्षिकाको मृत्यु

काठमाडौं, ३ असार । नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् । तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ। शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनी सवार स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान […]

दुई गाग्री पानी लिन दिनभर

तनहुँ । टोलटोलमा पानीको धारा छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकार्उनु पर्छ । पालो पाएमा बल्लतल्ल २ गाग्रीसम्म पानी भर्न पाइन्छ । व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले खेप्नु परेको सास्ती यतिमै सीमित छैन । खानेपानीको चर्को समस्या भोग्नु परेको छ । पिउनका लागि पानीको चर्को अभाव झेलिरहेको स्थानीयले नुहाउन धुन त सपनाको कुरा मात्रै हुन थालेको छ । घर घरमा धारा जडान त छन् तर, जडान गरिएका धारामा प्रशस्त पानी छैन । पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । वि.सं. ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरिएको थियो । तर, पछिल्लो समय बस्ती विस्तार भएका कारण पानीको स्रोतले धान्न सक्ने स्थिति रहेन । फलस्वरूप स्थानीयलाई खानेपानीको व्यवस्थापन गर्न सकस परिरहेको छ । एक गाग्री पानीका लागि घन्टौं समय खर्चन बाध्य छन् । घरनजिकैको धारामा पानी नआउँदा ३ घण्टा हिँडेर कुवा धाउनुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करीब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिएपनि जितेर गएपछि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । ‘चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँकात्यूँ छ’ दरैले भने, ‘आसन्न निर्वाचनमा जसले पानीको समस्या समाधानका लागि पहल गर्छ उसलाई भोट दिने स्थानीयको भनाइ छ ।’ दरैका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । ३ घण्टा हिँडेपछि खोलानजिक रहेको सानो मूल भएको एउटा कुवामा पुग्छन् । त्यहीँबाट पानी ल्याउँछन् । ‘पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड हुन्छ’ उनले भने, ‘ पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।’ खानेपानी भर्नका लागि बिहान एकजना खटिनैपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताए । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लज्जास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताइन् । जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगेपनि सदरमुकाम दमौलीदेखि करीब ३ किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको छ । रासस