काठमाण्डौ – गर्मी बढ्न थालेसँगै देशभर आगलागी र डढेलोका घटना पनि बढेका छन् ।
आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीबिना नै निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।
आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ ।
सुरक्षाको उपायबिना डढेलो लागेको ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा बताउनुहुन्छ ।
उद्धारविज्ञका अनुसार डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान ...