काठमाण्डाै - डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जनामा डेङ्गी देखिएको छ । त्यस्तै प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २ सय ३६ र सुदूरपश्चिममा ८ सय २१ जनामा सङ्क्रमण भएको छ ।
डेङ्गीको सङ्क्रमणका कारण अहिलेसम्म ३६ जनाल...