कोभिड नियन्त्रण र भौतिक विकास बजेटको प्राथमिकता : मन्त्री फुयाँल

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक आगामी आर्थिक वर्षको बजेटमा केन्द्रीत रहने बताएका छन् । मन्त्री फुयाँलले रातोपाटीसँग कुराकानी गर्दै आगामी जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको उक्त बैठकमा आगामी आर्थिक वर्षको २०७८÷०७९ को बजेटको सैद्धान्तिक तथा प्राथमिकताका क्षेत्र र नीति कार्यक्रममा केन्द्रीत रहेर छलफल हुने बताएका हुन् । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग, स्थानीय निकायका पदाधिकारी र अर्थविद्हर