काठमाडौं : चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले स्वागत गरेको छ।संघका अध्यक्ष डा. लोचन कार्कीले निरन्तरको प्रयास र दबाबमूलक गतिविधिका कारण चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि यो विधेयक पास हुनु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको बताए। ‘पछिल्लो समय विभिन्न बहानामा चिकित्सक तथा स्वास्थ्य संस्थाहरूमा भौतिक आक्रमणको घटना बढ्दै गएको छ। यस्तो अवस्थामा चिकित्सक स्वयंमले असुरक्षाको अनुभूति