काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)की सांसद चाँदतारा कुमारीले न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनुपरेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले जबराले संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको आरोप लगाइन् ।
जबराले असंवैधानिक काम गरेको भन्दै सर्वोच्च अदालतमा बिचौलियालाई प्रवेश गराएका कारण...