गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । आचार्यले एनआएनएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताए । नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए । संघको दशौं महाधिवेशन अक्टोब