सभ्य समाज निर्माणका लागि सबै अग्रसर रहन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकर्षण गराएकी छिन्। १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको समारोहको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्