काठमाडौं- राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजप) को सहकार्यमा आज परिषद्ले विज्ञ र सरोकारवालाबीच मस्यौदामा सुझाव लिएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम विभिन्न क्षेत्रमा बालबालिकाविरुद्ध हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्न उक्त मापदण्ड ल्याइएको परिषद्का सदस्यसचिव […]