कोरोना संक्रमितलाई आफैँ गाडी हाँकेर अस्पताल पुर्‍याउँछन् गाउँपालिका अध्यक्ष राई, 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय हैन'

काठमाडौँ: जेठ १४ गते कोभिड-१९ संक्रमित सावित्रा देवकोटा घरमै बेहोस भइन्। परिवार आत्तिए। सावित्रालाई बचाउन हात-पैतला रगट्न थाले। 'बोल्ने चल्न केही भएन। अन्तिम अवस्थामा पुगेको थियो,' सवित्राका छोरा लोमशले सम्झिए, 'के गर्ने कसो गर्ने हो केही होस् आएन।' गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन। अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो। पानी परिरहेको…

सम्बन्धित सामग्री

बगर पन्छाएर घर पस्ने तयारीमा तालगाउँबासी

मनाङ । गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले बगरमा परिणत भएको नासों गाउँपालिका–१ तालगाउँ पुरानै लयमा फर्किने अवस्थामा छ । अहिले नदीको वहाब घटेसँगै तालबासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् । बाढीपहिरोका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । तालगाउँबासी पूर्ण रूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरू अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् । उनीहरू बाढी पसेको बस्तीको घरमा रहेको गेग्रान फालेर बस्न मिल्ने गरी घरको पुनर्निर्माण गर्दै छन् । बाढीले घर नै बगाएकाबाहेक परिवार त्रिपालमै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिटी, ढुंगाले पुरेको घरको गेग्रान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् ।      यो बस्ती अझै जोखिमपूर्ण भए पनि स्थानान्तरणका लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँबासी बताउँछन् । स्थानीय मीनराशी गुरुङले भने, ‘तीन महिनासम्म त्रिपालमा बसियो । नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रान फालेर बस्न थालेका छौं ।’ तीन महिनाभन्दा बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उनले बताए । अझै घरसमेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधारै नभएको उनको भनाइ छ । बस्ती बस्न अहिले घर बाँकी रहेकाले गेग्रान फाल्ने काम पाएको गुरुङले बताए । तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ । तर, स्थानीयको दिनचर्या अझै सहज हुन सकेको छैन । अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँबासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । ‘व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामै रहेका छौं । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीय फर्किएका हुन्,’ उनले भने ।      विभिन्न क्षेत्रसँग ताल गाउँबासीको व्यवस्थापनका सम्बन्धमा छलफल भइरहेको उनले बताए । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उनले भनाइ छ । उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्न त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो । नासोंका धेरै भाग डुबान र पहिराको कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ । तीन महिनादेखि मनाङबासीलाई त्रिपालको बासबाहेक अन्य उपाय पहिचान गर्न सकिएको छैन । रासस