लालुपाते सहकारी ठगी प्रकरण : बचतकर्ताको रकम फिर्तापछि अदालतमै मिलापत्र
लालुपाते बहुउद्देश्यीय सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन गरी बचत डुबेको भन्दै परेको उजुरीमा मिलापत्र भएको छ । अदालतमा बचतकर्ताहरूलाई सहकारीले रकम फिर्ता गरेको भनी कागजात गरेपछि बुधबार मुद्दा मिलापत्र भएको हो ।
लालुपाते बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको बिहीबारको इजलासले ४ जनालाई थुनामा पठाउन र अन्य ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।