नेपाल एसबीआई बैंकको लाभांश आज पारित हुँदै

२० पुस, काठमाडौं । नेपाल एसबिआई बैंकले घोषणा गरेको लाभांश आज मंगलबार पारित हुँदै छ । बैंकको मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने २८ औं वार्षिक साधारण सभाले घोषित लाभांश पारित गर्नेछ । बैंकले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको थियो । […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० सम्मको नाफाबाट प्रस्तावित लाभांश पारित गरेको छ ।  सभाले १० दशमलव ५५ प्रतिशत लाभांश पारित गरेको हो । जसअनुसार कम्पनीले ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति)  सहित कुल १० दशमलव ५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।  त्यसैगरी सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  सभाले कम्पनीको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ङ लि’ को आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।  साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।