दूरसञ्चार प्राधिकरणको २४औं वार्षिकोत्सव : निष्ठा र प्रतिबद्धताका  साथ काम गर्न मन्त्री कार्कीको आग्रह

फागुन २०, काठमाडौं। दूरसञ्चार क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवार २४ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीहरूलाई  निष्ठा र प्रतिबद्धताका साथ अघि बढे जस्तोसुकै सहयोग गर्न मन्त्रालय तयार भएको बताएका छन् । ‘निष्ठाका साथ काम गर्नुहोस म र मैले नेतृत्व गरेको मन्त्रालयबाट हुने सबै सहयोग म गर्नेछु,’ उनले भने । स्थापनाका बेला नेपालमा परम्परागत टेलिफोन सेवा मात्र रहेकोमा हाल यस क्षेत्रमा भएका विकासले दूरसञ्चार क्षेत्रको स्वरुप नै बदलेको उनले बताए । मन्त्री कार्कीले २४ वर्षदेखि प्राधिकरणले नेपालको दूरसञ्चार क्षेत्रको नियमन र सेवा प्रवाहको प्रभावकारिता वृद्धि गर्न पुर्‍याएको योगदानका लागि धन्यवाद समेत दिएका थिए । स्थापनाका बेला नेपालमा परम्परागत टेलिफोन सेवा मात्र रहेकोमा हाल यस क्षेत्रमा भएका विकासले दूरसञ्चार क्षेत्रको स्वरुप नै बदलेको उनले बताए । नेपाल सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा ल्याई यस्ता कार्यक्रमलाई डिजिटल सेवामा सञ्चालन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोले अझै यस्ता प्रकारका कार्यकालागि प्राधिकरणले भूमिका खेल्नुपर्ने उल्लेख गरे । ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरि मुलुकको सबै भागमा सुलभ सेवा उपलब्ध गराउन, दूरसञ्चार पूर्वाधारको विकास गर्न तथा सेवा प्रवाह गराउन प्राधिकरण अघि बढ्नुपर्ने र यसकालागि मन्त्रालयको पूर्ण सहयोग रहने उल्लेख गरे ।   सेवा प्रदायकहरुको गुणस्तर, लागत र सेवाको अनुगमन गरी सेवाग्राहीलाई  सहज र सुलभ सेवा प्रदान  गर्न प्राधिकरण लाग्नुपर्ने पनि मन्त्री कार्कीले बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई अझै गतिशिल र परिवर्तनकारी बनाउनु पर्ने बताए । अर्यालले प्राधिकरणसँग आर्थिक स्रोत भएको तर अन्य क्षमताहरु भने विकास गर्नुपर्ने सुझाव दिएका छन् । सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्नुपर्ने, सेवाको गुणस्तर सुधार गर्नुपर्ने, पहुँचमा वृद्धि सुलभदरमा गर्नुपर्ने र त्यसको लागि पूर्वाधार विकास आवश्यक हुने । जसकालागि प्राधिकरण आँफैपनि गतिशिल र परिवर्तित हुनुपर्ने उनले बताए । ‘नियमन मात्रै होईन सेवा प्रदायकको क्षमता बिकास र गतिशिल बनाउँदै सेवामा गूणस्तरीयता दिन सेवाप्रदायकलाई गतिशिल बनाउनु पर्ने आवस्यकता छ त्यसको लागि प्राधिकरण आँफै गतिशिल हुनुपर्छ,’ उनले भने। धेरै कुराहरु परिवर्तन गर्नुपर्ने र गरिनुपर्ने देखिएको बताउँदै सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्नुपर्ने, सेवाको गुणस्तर सुधार गर्नुपर्ने, पहुँचमा वृद्धि सुलभदरमा गर्नुपर्ने र त्यसको लागि पूर्वाधार विकास आवश्यक हुने बताए। उनले पूर्वाधार विकासमा भएको दोहोरो लगानी कम गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले वैशाखसम्ममा एमडीएमएस लागू हुने बताएका थिए । तर सचिव अर्यालले भने भाका सारेर वैशाख पुर्याइएको भन्दै यसको भाका पटकपटक नसार्न आग्रह गरे। कार्यक्रममा अध्यक्ष खनालले प्राधिकरणले दुरसञ्चार क्षेत्रमा महत्वपुर्ण काम हरु सञ्चालन गरिरहेको बताए। उनले सरकारको डिजिटल नेपालको अवधाराणालाई टेवा पुग्ने गरि धेरै काम भएको बताए। ग्रामिण दूरसञ्चार पहुँच निर्माणमा काम भईरहेकोले गुणस्तरिय सेवा प्रदान गर्न लागि परेको बताए।  सूचना महामार्ग फाईवर डक्टिङ, ब्रोडव्याण्ड निर्माण लगायतको कामले गति लिएको बताए। कतिपय अवस्थामा कानुनी जटिल्ता र ऐन  नियमको अभावका कारण समस्या भएता पनि त्यसकालागी मन्त्रालयमा सकरात्मक तवरले कुरा अगाडी बढेकोले छिट्टै समाधान हुने बिश्वास व्यक्त गरे । मोबाइल सेवा गुणस्तरसम्बन्धी सर्वसाधारण प्रयोगकर्ताहरूको प्रत्यक्ष अनुभव बटुल्न एकीकृत प्लेटफर्मको रूपमा प्राधिकरणले क्यूओए नामक एप सार्वजनिक गरेको छ । यसकासाथै अध्यक्ष खनालले दूरसञ्चार पूर्वाधार छिटो बनाउनुपर्ने तथा डिजिटल कन्भर्जेन्समा काम गरिनुपर्नेमा पनि जोड दिए। छुट्टै पुर्वाधार कम्पनी ल्याउन काम गरिँदै गरेको जानकारी दिँदै अध्यक्ष खनालले सूचना महामार्गको काम यो आर्थिक वर्षमा ६० प्रतिशत सक्ने पनि बताए । उनले अन्तरनिकाय समन्वयन नभएकोले कामगर्नै कठिन हुने गरेकोले त्यसलाई मिलाउन मन्त्रीलाई अनुरोध गरेका थिए। उनले यूटिएल ले हडपेर राखेको गण्डकी प्रदेशको सूचना महामार्ग निर्माणको काम पनि शुरू गराउनुपर्ने बताए। ‘पूर्वका दुई खण्ड र पश्चिमका दुई खण्ड सकिने तर मध्ये भागको एक खण्ड यसै रहने हो भने हामि जोडिन सक्दैनौं यसर्थ यो काम छिट्टो होस,’उनले भने । अध्यक्ष खनालले कम्पनीहरूको आयमा भएको कमीले राजस्व कम भएको पनि बताए । सेवा प्रदायकले एक बर्षमा ४ अर्व रवयल्टी र ३ अर्व फ्रिक्वन्सी बापत रकम बूझाएको बताए। जसमा ६ अर्व सरकारि कोषमा र १ अर्व ७१ करोड ग्रामिण दूरसञ्चारकोषमा जम्मा भएको बताए।  उनले ओटीटीलाई र तिनले प्रसारण गर्ने सामाग्रीको पनि नियमन गर्न स्पष्ट कानूनी व्यवस्था गरिनुपर्ने पनि बताए । ईन्टरकनेक्सन विनियमावली बनाउन लागेको , पल्सरेटलाई प्रतिसेकेण्मा ल्याउने काम भईरहेको बताए । त्यस्तै गैरकानुनी  काम गरेको भन्दै २ सय साईट बन्द गराएको उल्लेख गरे ।  सेवाप्रदायकको गूणस्तर मापन गर्न एप सार्वजनिक  कार्यक्रममा मन्त्री कार्कीले सेवाप्रदायकको गुणस्तर मापन गर्ने एप सार्वजनिक गरेका छन् । मोबाइल सेवा गुणस्तरसम्बन्धी सर्वसाधारण प्रयोगकर्ताहरूको प्रत्यक्ष अनुभव बटुल्न एकीकृत प्लेटफर्मको रूपमा प्राधिकरणले क्यूओए नामक एप सार्वजनिक गरेको हो ।  प्राधिकरणले निर्माण गरेको एपमा प्रयोगकर्ता ३४५६७८ सर्टकोड डायल गरी आईभीआर आधारित सर्वेक्षणमा र *३४५६७८# ह्यास डायल गरी युएसएसडीमा आधारित सर्वेक्षणमा सहभागी हुन सक्छन् । साथै प्रयोगकर्ताले वेबमा समेत सर्वेक्षणमा सहभागी हुन सक्ने छन् । यसरी प्राप्त नतिजाका आधारमा प्राधिकरणलाई नियमन गर्न सहज हुने विश्वास समेत लिएको छ। यो एप गूगल प्लेस्टोरमा उपलब्ध भएको छ । उत्कृष्ठ कर्मचारी पुरस्कृत  कार्य क्रममा बर्षभरको कार्य मुल्याङकन गर्दै उत्कृष्ठ कर्मचारी घोषणा गरिएको थियो । यस बर्षकव उत्कृष्ठ कर्मचारी पुरस्कार प्राधिकरणका निर्देशक सुभन शाक्य भएका छन् । त्यस्तै कार्यक्रममा लामो अवधी सेवा गरेकोमा निर्देशक सन्तोष पौडेल  र निर्देशक सुरेन्द्रलाल हाडालाई सम्मान गरिएको थियो । त्यस्तै प्राधिकरणले सञ्चालन गरेका बिभिन्न बिधाका खेलमा प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित सामग्री

जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन्।मंगलबार १५औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन्।उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह पनि गरे। आफूसँग काम गर्ने स्पिरिट रहेको उल्लेख गर्दै सभामुख सापकोटाल

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु : सभामुख सापकोटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ । मंगलवार १५ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले आफूले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीलाई आग्रह पनि गर्नुभयो । आफूसँग काम गर्ने स्प्रिट भन्दै सभामुख सापकोटाले कर्मचारीसँग...