मतदान सकियो, आधा घण्टामा परिणाम आउने

 काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन्। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा  प्रतिस्पर्धामा छन्।अबको आधा घण्टाभित्र परिणाम आउने  निर्वाचन परिचालन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए। कांग्रेस संसदीय दलमा ८९ जना

सम्बन्धित सामग्री

बाजुराको बूढीगङ्गामा मतदान सकियो, आजै मतगणना सुरु हुने

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ८३ प्रतिशत मत खसेकाे बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिनुभयो ।  दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।   केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक/दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभ...

मतदान सकियो, एक घण्टामा मतगणना सुरु हुने

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साढे ११ बजेसम्म ४६ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि एक घण्टामा मतगणना सुरु हुन्छ ।

एमाले महाधिवेशन : मतदान सकियो, दुई घण्टामा परिणाम आउने !

नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। राति २ बजेपछि सुरु हुने भनिएको मतदान बिहान करिब ४ बजे मात्र सुरु भएको थियो। अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरूवातमा मतदान...