श्रीलङ्काले सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन थप एक दिन बिदा, चार मात्र काम

एजेन्सी । श्रीलङ्काले उसका सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन प्रेरित गर्नका लागि हप्तामा थप एक दिन बिदा दिने भएको छ । यसअघि नै दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरेको श्रीलङ्काले अब सरकारी कर्मचारीलाई तीन दिन बिदा दिने भएको हो । श्रीलङ्कामा दस लाखभन्दा बढी नागरिक सरकारी क्षेत्रमा आबद्ध छन् । देश अहिले ७० वर्ष यताकै सबैभन्दा गम्भीर आर्थिक सङ्कटबाट गुर्जिरहँदा, खाद्यान्न सङ्कटको डरमाझ सरकारले यस्तो कदम उठाएको बताएको छ । श्रीलङ्काले विदेशी मुद्राको गम्भीर अभावका कारण अहिले ख