विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै ए डिभि