काठमाडौँ : चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू काठमाडौंमा आइपुगेका छन्।नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीवार १८१ चिनियाँहरू विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन्। चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे।हिमालय एयरलाइन्सको विमान चार्टर गरेर उनीहरू नेपाल आएका हुन्। उनीहरू करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यमा घुम्नेछन