महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमाः युनिसेफ

एसियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान समावेश रहेको दक्षिण एसियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरिबीबीच बाँचिरहेका युनिसेफले बताएको छ । “अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,” युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक जाँ गोफले एक विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ । “महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ ।” युनिसेफले भनेको छ, “बङ्गलादेशमा गरिएको सर्वेक्षणमा महामारीका कारण कतिपय परिवारले दैनिक तीन पटकको खानाको जोहो गर्न नसकिरहेको उल्लेख छ । त्यस्तै श्रीलङ्कामा करिब ३० प्रतिशत परिवारले आफ्नो खानपानमा कटौति गरेका छन् ।”