काठमाडौं : स्वदेशका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। मंगलबारको गोरखापत्रमा ‘विश्वविद्यालयमा विद्यार्थीको विकर्षण’ शीर्षकमा समाचार छ, काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए। काठमाडौं&nb