भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा

ललितपुर : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा गरेको छ। क्यानडासँगको सिरिजका लागि क्यानले नेपाल ए टिम खडा गरेको हो । नेपाल ‘ए’ ले विश्व क्रिकेट लिग-२ को तयारीका लागि नेपाल आइपुगेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम छ। यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो। सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा यो नेपाल ‘ए ’ टिम रहेको छ। ‘ए’ टिम

सम्बन्धित सामग्री

नेपाल ‘ए’ क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो । क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल...

क्यानाडाविरुद्ध नेपालको ए टोलीः ज्ञानेन्द्र प्रशिक्षक, विनोद कप्तान

काठमाडाैँ – नेपालले क्यानाडा ‘ए’ सँगको खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। बुधबार घोषित टोलीको प्रशिक्षकका रुपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा टोलीको कप्तानको जिम्मा विनोद भण्डारीलाई दिइएको छ। मल्ललाई प्रशिक्षणमा कलम अलीले साथ दिनेछन्। क्यानले क्यानfडा ‘ए’सँग प्रतिस्पर्धाका लागि १६ सदस्यीय टिमको घोषणा गरेको हो। टोलीमा कप्तान विनोदसहित आसुतोष घिरैया, अर्जुन कुमाल, बसिर […]