तुलसीपुर- दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिवी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिवी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिवीले आम्दानी भने केही गर्न सकेन । “खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ”, गाउँपालिकाका स्टोर शाखा प्रमुख […]