काठमाडौं : कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारको विषय न्यायपालिकाको मात्र विषय नभएको बताएका छन्। कानून दिवस २०७९ का अवसरमा सन्देश दिँदै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायाधीश, सरकारी वकिल कानून व्यवसायी कर्मचारीलगायत सरोकारवाला निकायको पहलबाट मात्रै न्यायालयको सुधार सम्भव रहेको बताएका हुन्।उनले विश्वव्यापी कोभिड १९ का कारण सेवा प्रवाहमा संकुचन आएको भन्दै शीघ्र न्यायसम्पादनमा अवरोध सिर्जना भएको बताएका छन्। कार्कीले सेवाग्रहाीले न्यायप्राप्तिको वास्तविक अनु