काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेकाे छ । सोमवार काठमाण्डाैकाे माइतीघर मण्डलामा महासङ्घले बैंकको चर्को ब्याजदर र आतङ्क गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घ, ललितपुर तयारी पोसाक व्यवसायी सङ्घ, नेपाल कम्प्लेक्स व्यापार सङ्घ लगायतले माइतीघरमा ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको, बैंक तथा वित्तीय संस्थाले आतङ्क फैलाउ...