'नेतृत्वमा आदिवासी–जनजाति नहुँदा मुद्दाहरू कार्यान्वयन भएनन्'

 मूलधारका राजनीतिक दलहरूको नेतृत्वमा आदिवासी–जनजातिहरू नभएका कारण जनजातिका मुद्दाहरू ओझेलमा परेको सरोकारवालाहरूले बताएका छन् । २७ औँ  विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको आदिवासी जनजातिको राजनीति विषयक संवाद कार्यक्रममा बोल्दै नेता तथा अगुवाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको संविधान राजनीतिक सम्झौताको दस्तावेज भएकाले यसमा धेरै मुद्दाहरू छुटेको स्विकारे । त्यसका बाबजुद पनि थु