नेपालमा चालू आर्थिक बर्ष २०७८/७९ को तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्ब ५२ करोड एक लाख पाँच हजार ४९१ बराबरको दशैं, तिहार, छठ, क्रिसमस र माघी लक्षित नरिवल, काजु, बदाम, अलमण्ड, ओखर, पिस्ता , सुपारी, तास, अंजिर, भुइँकटर, केरा, खजुर, क्रिसमसका रुखमा बालिने झालरी लगायतका सामग्री विभिन्न देशबाट आयात भएको हो ।