खर्चिलो निर्वाचन प्रणालीकै कारण महिला नेतृत्वमा आउन कठिन

महिला तथा सामाजिक समितिको बैठकले निर्वाचन प्रणाली खर्चिलो भएका कारण महिला नेतृत्व तहमा आउन नसकेको निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा निर्वाचन आयोगलाई राजनीतिक दलहरुले चलाएका कारण निर्वाचनमा खर्चको सीमा तोकेर पनि कार्यान्वयन हुन नसकेको बताए । नेकपा (एमाले) की सांसद् गंगा चौधरीले दलीय व्यवस्थाको कारणले महिलाले सधै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘निर्वाचन प्रणाली खर्चिलो र भड्किलो नबनाउन तीन निर्वाचन क्षेत्रमध्ये एकमा अनिवार्य महिला–महिल